सुनचाँदीको मूल्यमा वृद्धि: सुन प्रतितोला १,७०० र चाँदी ८५ रूपैयाँले बढ्यो
काठमाडौं। स्थानीय बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले बढेको छ।
मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला तीन लाख १०० मा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला चार हजार ६८५ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला रु चार हजार ६०० मा बिक्री वितरण भएको थियो।
सम्बन्धित समाचार
दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...
डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...




