सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो, चाँदी भने बढ्यो
काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।
यसैबीच, सोमबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वृद्धि भई ४ हजार ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
अघिल्लो दिन आइतबार पनि चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित समाचार
दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...
डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...




