KTM Post Logo
KTM Post Logo

सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

📰
KTM Post

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार (असोज १) छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेसँगै बिहीबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।

चालु साता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ।

साताको पहिलो दिन आइतबार १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार १ हजार २०० रुपैयाँ र मंगलबार ९०० रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँमा झरेको थियो। बुधबार पुनः १ हजार ७०० रुपैयाँले उकालो लाग्दै ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार भने फेरि ओरालो लागेको हो।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको थियो।

साताको सुरुवातमा आइतबार ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ पुगेको चाँदी सोमबार ४० रुपैयाँ र मंगलबार २० रुपैयाँले घटेको थियो।


सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 1

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार 1

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...