KTM Post Logo
KTM Post Logo

शेयर कारोबारमा लाभकर छुट कार्यान्वयनमा

📰
KTM Post

काठमाडौं । शेयर कारोबारमा लाभकर छुटबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा आएको छ ।

अर्थ मन्त्रालयले शेयर बजार पुनरुत्थान कार्यक्रम अन्तर्गत पुँजीगत लाभकर छुटको प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्ताव स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको थियो ।

मन्त्रिपरिषद् बैठकको निर्णय राजपत्रमा प्रकाशित भएसँगै पुँजीगत लाभकर छुट कार्यान्वयनमा आएको हो । अबको व्यवस्थाअनुसार नेपाल धितो पत्र बोर्डमा सूचीकरण भएको निकायमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितरसेयर बिक्री गर्दा प्राप्त लाभ रकममा प्राकृतिक व्यक्तिको हकमा ३.७५ प्रतिशत लाभकर कायम गरिएको छ ।

यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितरसेयर बिक्री गर्दा प्राप्त लाभ रकममा ५ प्रतिशत लाभकर कायम गरिएको छ । यो व्यवस्था आयकर ऐन, २०५८ को दफा ९५क. को उपदफा (२) को खण्ड (क) तथा अनुसूची-१ को दफा १ को उपदफा (४) को खण्ड (ख) बमोजिम लाग्ने लाभ रकमको हकमा लागू हुने राजपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 1

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार 1

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...