KTM Post Logo
KTM Post Logo

विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको भाउ कति?

📰
KTM Post

काठमाडाैं।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्री दर १५३ रुपैयाँ ७० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ८३ पैसा र बिक्री दर १७६ रुपैयाँ ५२ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ ६९ पैसा र बिक्री दर २०५ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिद दर १८५ रुपैयाँ ६५ पैसा र बिक्री दर १८६ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०८ पैसा र बिक्री दर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ३७ पैसा र बिक्री दर १०९ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ८५ पैसा र बिक्री दर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ।

यसैगरी जापानी येन १० को खरिद दर नौ रुपैयाँ ७० पैसा र बिक्री दर नौ रुपैयाँ ७३ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ८६ पैसा र बिक्री दर २२ रुपैयाँ ९५ पैसा रहेको छ।

खाडी मुलुकका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ७६ पैसा र बिक्री दर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ९९ पैसा र बिक्री दर ४२ रुपैयाँ १६ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ६९ पैसा र बिक्री दर ४१ रुपैयाँ ८५ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ५२ पैसा र बिक्री दर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ।

अन्य विदेशी मुद्राहरूमा कुवेती दिनार एकको खरिद दर ४९८ रुपैयाँ १३ पैसा र बिक्री दर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिद दर ४०६ रुपैयाँ ११ पैसा र बिक्री दर ४०७ रुपैयाँ ७० पैसा तथा ओमनी रियाल एकको खरिद दर ३९७ रुपैयाँ ६६ पैसा र बिक्री दर ३९९ रुपैयाँ २२ पैसा रहेको छ।

त्यस्तै थाई भाट एकको खरिद दर चार रुपैयाँ ५९ पैसा र बिक्री दर चार रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ ०४ पैसा र बिक्री दर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ५९ पैसा र बिक्री दर १५ रुपैयाँ ६५ पैसा, डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ५२ पैसा र बिक्री दर २३ रुपैयाँ ६१ पैसा तथा हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ५१ पैसा र बिक्री दर १९ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार तोकिएको यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 1

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार 1

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...