विदेशी मुद्राको विनिमयदर: कुन देशको रुपैयाँको भाउ कति?
काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा तोकिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा कायम भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ०६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५३ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा रहँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा कायम भएको छ।
खाडी तथा वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरूतर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, कतारी रियालको खरिददर ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १९ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनारको खरिददर ४०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९७ पैसा तथा ओमामी रियालको खरिददर ३९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४८ पैसा तोकिएको छ।
यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तथा हङकङ डलरको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्नेछ।
सम्बन्धित समाचार
दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...
डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...




