KTM Post Logo
KTM Post Logo

अत्यधिक तातो चिया वा कफी पिउँदा क्यान्सर हुन सक्ने जोखिम

📰
KTM Post

बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफीजस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्ननलीको क्यान्सरको जोखिम बढ्न सक्ने देखाएको छ ।

अनुसन्धानकर्ताहरूले झन्डै १० लाख मानिसमा गरिएको यो अध्ययन यस क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताएका बीबीसीले जनाएको छ ।

मनतातो चिया वा कफी पिउनेहरूको तुलनामा अत्यधिक तातो पेय पदार्थ पिउनेहरूमा क्यान्सरको जोखिम झन्डै तीन गुणा धेरै रहेको अध्ययनले पत्ता लगाएको छ । यद्यपि विशेषज्ञहरूले यस प्रकारको क्यान्सर हुने सम्भावना निकै कम हुने कुरामा जोड दिएका छन् ।

अत्यधिक तातो तरल पदार्थले पेटसम्म जाने अन्ननलीको भित्री तहका कोषहरूलाई क्षति पुर्‍याउन सक्छ ।

अक्सफोर्ड विश्वविद्यालयको यो अनुसन्धान ‘इन्टरनेशनल जर्नल अफ क्यान्सर’ मा प्रकाशित भएको छ । अनुसन्धानले ६५ डिग्री सेल्सियस वा त्योभन्दा धेरै तापक्रम भएको कुनै पनि तरल पदार्थलाई अत्यधिक तातो र सम्भावित रूपमा हानिकारक भनी वर्गीकरण गर्छ ।

९ लाख ७७ हजार २८२ जना मध्य–उमेर समूहका पुरुष तथा महिलासम्बन्धी तथ्याङ्कअनुसार दैनिक ६ वा त्योभन्दा धेरै तातो पेय पदार्थ पिउँदा पनि जोखिम बढाउँछ ।

दूध मिसाउँदा पेय पदार्थ अलिकति चिसो हुन सक्ने भए पनि यसलाई पिउनुअघि अझ चिसो हुन दिन सकिने अनुसन्धानकर्ताहरू बताउँछन् ।

कितलीमा पानी पूर्णरूपमा उम्लिसकेपछि तुरुन्तै तयार पारिएको चियाको तापक्रम झन्डै १०० डिग्री सेल्सियस—अर्थात् पानीको उम्लने विन्दु—हुन्छ । यसलाई कपमा खन्याएपछि तापक्रम घटेर झन्डै ९० वा ९५ डिग्री सेल्सियसमा झर्छ ।

पेय पदार्थ सुरक्षित तापक्रममा नआउन्जेल केही मिनेट पर्खनुपर्ने अध्ययनले सुझाव दिएको छ ।

क्यान्सर रिसर्च युकेका अनुसार तातो पेय पदार्थलाई चिसो हुन ठ्याक्कै कति समय छोड्नुपर्छ भनी यकिनका साथ भन्न गाह्रो छ ।

अर्को एक अध्ययनमा ११८ जना युवाले विभिन्न प्रकारका कालो कफी पटक–पटक चाख्दा उनीहरूले तापक्रम ७० डिग्री सेल्सियस वा त्योभन्दा धेरै हुँदा मात्र धेरैजसोले त्यसलाई धेरै तातो मानेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार यदि मानिसहरूले धेरै तातो पेय पदार्थ पिउन छोडे भने अन्ननलीको क्यान्सरका प्रत्येक १० मध्ये झन्डै १ वा २ वटा घटना रोक्न सकिन्छ ।

सम्बन्धित समाचार

पुराना स्वास्थ्य बिमा सदस्यले अनिवार्य केवाइसी अपडेट गर्नुपर्ने 1

पुराना स्वास्थ्य बिमा सदस्यले अनिवार्य केवाइसी अपडेट गर्नुपर्ने

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध पुराना बीमितलाई अनिवार्य रूपमा केवाइसी अपडेट गर्न आग्रह गरेको छ।बोर्डले बीमित र उनका परिवारको...

सडकमै सुत्केरी प्रकरण :  अस्पतालका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो 1

सडकमै सुत्केरी प्रकरण : अस्पतालका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ । सडकमै सुत्केरी प्रकरणपछि अस्पताल प्रशासनले...

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने 1

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने

काठमाडौं । बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरु गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ...

मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान 1

मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

काठमाडौं। विश्व स्वास्थ्य संगठन ले नेपाललाई मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था निरन्तर एक दशकसम्म कायम राख्न सफल भएको भन्दै सम्मान गरेको...