KTM Post Logo
KTM Post Logo

जलनका बिरामीको उपचारका लागि कीर्तिपुर अस्पताललाई २ करोड

📰
KTM Post

काठमाडौं महानगरपालिकाले जलनका बिरामीको उपचार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। 

महानगरपालिकाले कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट) सँग सम्झौता गर्दै लक्षित वर्गका जलनका बिरामीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था गरेको हो। 

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी तथा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

महानगरपालिकाका अनुसार उपलब्ध गराइएको २ करोड रुपैयाँमध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’मा राखिनेछ। उक्त कोषबाट लक्षित वर्गका जलनका बिरामीको उपचार खर्च व्यहोर्ने व्यवस्था गरिएको छ। चालु आर्थिक वर्षमा कोषको रकम पूर्ण रूपमा खर्च हुन नसके बाँकी रकम आगामी वर्षमा समेत जलनका बिरामीको उपचारमा प्रयोग गरिनेछ। 

बाँकी १ करोड रुपैयाँबाट अस्पतालमा जलनका बिरामीको उपचारका लागि आवश्यक उपकरण खरिद गरिएको छ। उक्त रकमबाट एनेस्थेसिया मेसिन, २५० केभीएको जेनेरेटर र ५०० एमए क्षमताको डिजिटल एक्स–रे मेसिन खरिद गरिएको महानगरपालिकाले जनाएको छ। कार्यवाहक प्रमुख डंगोलले खरिद गरिएका उपकरण अस्पताललाई हस्तान्तरण गरेकी छन्।

अस्पतालका अनुसार महानगरपालिकाको सहयोगमा प्राप्त ५०० एमएको डिजिटल एक्स–रे मेसिनबाट दैनिक एक सय जनासम्मलाई सेवा दिन सकिनेछ। नयाँ उपकरणबाट जलनलगायत उपचारका लागि अस्पताल आउने बिरामीलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

महानगरपालिकाले लक्षित वर्गका जलनका बिरामीलाई उपचारमा आर्थिक अभाव हुन नदिने उद्देश्यले अस्पतालसँग सहकार्य गरी उपचार कोष स्थापना गरेको जनाएको छ। 

सम्बन्धित समाचार

बयानब्बे जनामा डेङ्गु सङ्क्रमण 1

बयानब्बे जनामा डेङ्गु सङ्क्रमण

चितवन। जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका...

सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण फैलिँदै 1

सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण फैलिँदै

ज्वरो आएपछि सामान्य औषधि सेवन गरेर घरमै बस्ने क्रम बढ्दा सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण गम्भीर बन्दै गएको छ। संक्रमणको जस्तै लक्षण...

विपद् व्यवस्थापनका लागि संसदीय समिति बनाउने सर्वदलीय बैठकको निर्णय 1

विपद् व्यवस्थापनका लागि संसदीय समिति बनाउने सर्वदलीय बैठकको निर्णय

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले विपद् व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ।बैठकले...

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण 1

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशका १० जिल्लामा गत पुस-माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ। मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण...