Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

चीनको जुत्ता कारखानामा भीषण आगलागी, २८ जनाको मृत्यु


काठमाडौं । चीनको फुजियान प्रान्तस्थित सिन्जियाङ सहरमा रहेको एक जुत्ता कारखानामा भएको भीषण आगलागीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ।चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेको भिडियोमा कारखाना भवनबाट ठूलो मात्रामा आगो र धुवाँ निस्किरहेको तथा केही व्यक्ति भवनको छतमा उद्धारको प्रतीक्षामा रहेको देखिएको छ।

चीनका राष्ट्रपति सी चिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। उनले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १२ बजे हुइटेङ फुटवेयर कारखानामा आगलागी भएको थियो। आगो नियन्त्रण तथा उद्धारका लागि करिब ५०० जना उद्धारकर्मी परिचालन गरिएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।

फुजियान प्रान्तको सिन्जियाङ सहरलाई चीनको ‘जुत्ता राजधानी’का रूपमा चिनिन्छ। विश्वभर उत्पादन हुने जुत्तामध्ये करिब २० प्रतिशत यही क्षेत्रमा उत्पादन हुने अनुमान गरिएको छ।आगलागीको कारणबारे अनुसन्धान भइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट