Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

पुष्पकमल दाहाललाई पक्राउ गर्न मध्यराति दबाब !


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुस्पकमल दाहाललाई पक्राउ गर्न केही समयअघि मध्यरातमा दबाब परेको दाबी एक स्राेतले जनाएकाे छ ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्राप्त जानकारीअनुसार, राति करिब १२ बजेतिर प्रधानमन्त्री तथा गृहमन्त्रीको समेत कार्यभार सम्हालिरहेका बालेन शाहले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई फोन गरी दाहाललाई पक्राउ गर्न निर्देशन दिएको दाबी गरिएको छ । स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिलाई कानुनी प्रक्रिया र पक्राउ पुर्जीबिनै मध्यरातमा पक्राउ गर्ने विषयमा आईजीपीले असहजता व्यक्त गरेका थिए ।

दाबीअनुसार, त्यसपछि दाहालकी छोरी गंगा दाहाललाई भए पनि तत्काल नियन्त्रणमा लिनुपर्ने दबाब दिइएको बताइएको छ । पछिल्लो समय विभिन्न विवादित व्यापारीहरूसँगको सम्बन्ध र कारोबारी सम्पर्कको विषयलाई आधार बनाएर यस्तो पहल भएको स्रोतको भनाइ छ ।

प्रहरी उच्च स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आईजीपीले याे कुरा भनेपछि स्थिति थप जटिल बन्न नदिन आफूले प्रनमन्त्रीलाई बुझाउने बताए । स्रोतले रविले उक्त विषयको जिम्मेवारी लिएपछि तत्कालका लागि सम्भावित संकट टरेको दाबी गरेको छ ।

यही घटनाबारे जानकारी पुस्पकमल दाहालको परिवारसम्म पनि पुगेको बताइन्छ । त्यसयता गंगा दाहाल सार्वजनिक कार्यक्रममा देखिन छाडेको र केही दिनपछि दाहाल स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएको स्रोतको दाबी छ । हाल उनी उपचारकै क्रममा मानभवनस्थित निवासमा आराम गरिरहेको बताइएको छ ।

यसबारेमा थप बुझ्ने प्रयास गर्दा गंगा दाहालकाे फाेन अफ छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट