Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

स्पेस एक्सले माइक्रोसफ्टलाई पछि पार्यो


एलन मस्कलाई विश्वकै पहिलो र एकमात्र ट्रिलेनियर व्यक्ति बनाउन भूमिका खेलेको स्पेस एक्स कम्पनी अमेरिकाको चौथो ठूलो कम्पनी बन्न सफल भएको छ ।

मंगल प्रविधि जगतको दिग्गज कम्पनी माइक्रोसफ्टलाई पछि पार्दै स्पेस एक्सले इतिहास रचेको हो ।

मंगलबार कम्पनीको शेयर मूल्यमा भएको उल्लेखनीय वृद्धिसँगै स्पेसएक्सले बजार पूँजीकरण ९मार्केट क्याप० का आधारमा माइक्रोसफ्ट र अमेजनलाई उछिनेको थियो ।

करिब ३ ट्रिलियन डलर बजार मूल्य सहित स्पेसएक्स अमेरिकाको चौथो ठूलो कम्पनी बनेको थियो । त्योसँगै स्पेसएक्सले ई कमर्स दिग्गज अमेजनसँगको अन्तरलाई पनि फराकिलो बनाएको थियो ।

गत मंगलबार माइक्रोसफ्टको बजार पुँजीकरण २.९० ट्रिलियन डलर पुगेको थियो भने अमेजनको बजार पुँजीकरण करिब २.६५ ट्रिलियन डलर पुगेको थियो ।

यद्यपि तत् पश्चात् स्पेस एक्सको शेयर मूल्यमा केही गिरावट आयो र कम्पनी पाँचौ स्थानमा झर्नुपर्यो ।

नेपाली समय अनुसार बुधबार बेलुकीको तथ्यांक अनुसार हाल अमेरिकामा सबैभन्दा ठूलो बजार मूल्य भएको कम्पनी एनभिडिया हो । जसको बजार पुँजीकरण ५.०६ ट्रिलियन डलर छ । दोश्रो स्थानको अल्फाबेटको बजार पुँजीकरण ४.४६ ट्रिलियन डलर हुँदा एप्पलको ४.४२ ट्रिलियन डलर रहेको छ ।

त्यस्तै माइक्रोसफ्टको २.८८ ट्रिलियन र स्पेस एक्सको २.७२ ट्रिलियन डलर कायम भएको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट