Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

बुधवारदेखि देशैभर वर्षाको सम्भावना


काठमाडौं । यसपाली देशमा मनसुन भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधवारदेखि देशभर वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । पर्यावरण तथा मौसमबिज्ञ उज्जवल उपाध्यायका अनुसार आउँदो बुधवारदेखि देशका सबैजसो ठाउँमा वर्षाको संभावना छ ।

उहाँका अनुसार पश्चिम र सुदुरपश्चिममा भने बिहिवार वर्षा हुनेछ । धान रोपाइँका लागि आकासे पानीको भर पर्नेहरुका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रवार उपयुक्त हुने मौसमविद्को भनाई छ ।

पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदीबीचका तराई क्षेत्रमा भने आउँदो मंगलवार नै राम्रो वर्षा हुने संभावना छ । पूर्वी पहाड तथा मध्यपहाडका केही ठाउँमा भने आज भोलि पनि वर्षाको संभावना छ ।

अर्को हप्ता अर्थात असार २२ गतेदेखि २९ गतेको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको संभावना रहेको मौसमविद् उपाध्यायले बताउनुभयो ।

यसैबीच अबको ३र४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलवारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ ।

यसवर्ष सरदर मिति भन्दा ६ दिन ढिला गरी गएको असार ५ गते पूर्वमा प्रवेश गरेको मनसुन असार ८ देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो । तर मनसुन कमजोर अवस्थामै छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट