KTM Post Logo
KTM Post Logo

भारतमा भोलिदेखि शुरु हुने ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति पनि सहभागी हुने

📰
KTM Post

काठमाडौं । भारतले १८ औँ ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तनविरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ ।

भोलिदेखि भारतको नयाँदिल्लीमा शुरु हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो ।

ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्त्वपूर्ण खनिज, प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धताभन्दा व्यवहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ । यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि नयाँदिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

ब्रिक्स उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनीतिक, व्यापारिक, वित्तीय, प्रविधि र बहुपक्षीय सहकार्य बढाउने अन्तरसरकारी समूह हो । अहिले ब्रिक्समा ११ सदस्य राष्ट्र छन् ।

सम्बन्धित समाचार

चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै 1

चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै

चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम...

अमेरिकी मानवरहित पनडुब्बी इरानद्वारा नियन्त्रणमा 1

अमेरिकी मानवरहित पनडुब्बी इरानद्वारा नियन्त्रणमा

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ले होर्मुज जलमार्गनजिकै एउटा अमेरिकी मानवरहित पनडुब्बी नियन्त्रणमा लिएको दाबी गरेको छ । खाडी र अरब...

हङकङमा ११औँ ‘बेल्ट एन्ड रोड’ शिखर सम्मेलन सुरू 1

हङकङमा ११औँ ‘बेल्ट एन्ड रोड’ शिखर सम्मेलन सुरू

विश्व भूराजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढिरहेका बेला चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ लाई थप गति दिने उद्देश्यसहित हङकङमा ११औँ...

बोम्बार्डियरका विमान बिक्री रोक्ने ट्रम्पको चेतावनी 1

बोम्बार्डियरका विमान बिक्री रोक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि...