फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण
काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स (यूएई)का अधिकारीको जिम्मा लगाएको छ ।
उडानका क्रममा ककपिटभित्र क्याप्टेनमाथि आक्रमण गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको आरोप उनीमाथि छ ।
दुबईबाट तेल अभिवतर्फ जाँदै गरेको उक्त विमानलाई बुधबार ककपिटमा भएको घटनापछि साउदी अरेबियाको ताबुकमा आपत्कालीन अवतरण गराइएको थियो । साउदी गृह मन्त्रालयको प्रारम्भिक अनुसन्धानमा सह–पाइलटले क्याप्टेनमाथि प्रहार गरेको खुलेको छ ।
घटनामा दुवै पाइलट घाइते भएका थिए र उनीहरूको अस्पतालमा उपचार गरिएको थियो । मेडिकल परीक्षणपछि यात्राका लागि योग्य ठहरिएपछि उनीहरू बिहीबार बिहान अबुधाबीतर्फ प्रस्थान गरेका थिए ।
सह–पाइलटलाई भने साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि यूएईका अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
साउदी र यूएईद्वारा छुट्टाछुट्टै अनुसन्धान
साउदी गृह मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानमा सह–पाइलटले उडानकै क्रममा क्याप्टेनमाथि आक्रमण गरेको पुष्टि भएको छ । प्रारम्भिक छानबिन यूएईको सुरक्षा टोलीसँगको समन्वयमा गरिएको मन्त्रालयले जनाएको छ ।
यूएईले पनि घटनाबारे अनुसन्धान अघि बढाएको छ । त्यहाँका न्यायिक निकायले ककपिटभित्रको घटनाक्रम र विमानलाई आपत्कालीन अवतरण गराउनुपर्ने अवस्थाका कारणबारे विस्तृत अनुसन्धान गर्नेछन् । यूएईको परराष्ट्र मन्त्रालयले घटनालाई नजिकबाट नियालिरहेको र न्यायिक अधिकारीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यूएईका लागि भारतीय राजदूत दीपक मित्तलले अस्पताल पुगेर क्याप्टेन मछार र उनका परिवारसँग भेट गरेका छन् । भारतीय दूतावासका अनुसार मछारको स्वास्थ्य अवस्था सामान्य छ र उनी उपचारपछि सुधारोन्मुख छन् ।
हाल अनुसन्धान एजेन्सीहरूले ककपिटभित्र वास्तवमा के–कस्ता घटनाक्रम भएका थिए, सह–पाइलटको उद्देश्य के थियो र त्यसका कारण विमानलाई आपत्कालीन अवतरण गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।
सम्बन्धित समाचार
अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल
काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...
अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार
क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...
देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...
शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो
काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...




