अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल
काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण (हाईज्याक) को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू पठाइएको थियो। सो विमानमा १७४ जना यात्रु सवार थिए।
‘टाइम्स अफ इजरायल’ को रिपोर्ट अनुसार, यदि विमानको नियन्त्रण फिर्ता नपाइएमा त्यसले इजरायलमा ९/११ (अमेरिकामा ट्वीन टावरमा विमान ठोक्काएको घटना) जस्तै आक्रमण गर्न सक्ने आशङ्का सरकारलाई थियो। सो खतरा टार्नका लागि विमानलाई हावामै मार हान्नुपर्ने अवस्था आउन सक्थ्यो।
भारतका लागि इजरायलका राजदूत रिउवेन आजारले यस कारबाहीबारे प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले निर्णय लिनुपर्ने अवस्था रहेको बताएका थिए। यद्यपि, भारतीय पाइलट र यात्रुहरूले हिम्मत देखाएर आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिए र विमानलाई साउदी अरबमा सुरक्षित रूपमा अवतरण गराइयो।
इजरायलले अपहरणकर्ताहरूले विमानमा सवार यात्रुहरूलाई बन्दी बनाएर आफ्ना मागहरू राख्न सक्ने सम्भावनाका लागि पनि तयारी गरेको थियो। यस्तो अवस्थासँग लड्नका लागि इजरायलको राष्ट्रिय आतंकवाद-विरोधी युनिट ‘यामाम’ लाई अलर्ट गराइएको थियो।
यदि अपहरणकर्ताहरूले यात्रुहरूलाई छाड्ने बदलामा कुनै माग राखेमा उनीहरूसँग वार्ता गर्न र बन्दीहरूलाई सुरक्षित रूपमा निकाल्नका लागि यो विशेष युनिटले मोर्चा सम्हाल्ने योजना थियो। अपहरितत विमान इजरायलको सट्टा जोर्डन वा साउदी अरबमा दुर्घटनाग्रस्त हुन सक्ने स्थितिबारे पनि इजरायलले तयारी गरेको थियो।
त्यस्तो अवस्थामा विमानमा फसेका यात्रु र क्रू सदस्यहरूलाई बचाउनका लागि इजरायली एयरफोर्सको विशेष कमान्डो युनिट ‘शालदाग’ लाई पठाउने योजना बनाइएको थियो। यसै युनिटले अप्रिलमा इरानमा अमेरिकी एफ-१५ई स्ट्राइक इगल विमान क्र्यास भएपछि दुई जना अमेरिकी एयरक्रू सदस्यहरूलाई उद्धार गर्ने अभियानमा सहभागिता जनाएको थियो।
सम्बन्धित समाचार
अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार
क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...
फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण
काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...
ट्रम्पका छोराहरूले पाकिस्तानमा ड्रोन उत्पादन गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराहरूसँग जोडिएको पावरस कम्पनीले पाकिस्तानमा ड्रोन उत्पादन युनिट स्थापना गर्न गइरहेको छ। एरिक ट्रम्प...




