ट्रम्पका छोराहरूले पाकिस्तानमा ड्रोन उत्पादन गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराहरूसँग जोडिएको पावरस कम्पनीले पाकिस्तानमा ड्रोन उत्पादन युनिट स्थापना गर्न गइरहेको छ। एरिक ट्रम्प र डोनाल्ड ट्रम्प जुनियरको लगानी रहेको कम्पनीका प्रतिनिधिहरूले पाकिस्तानी सेनाध्यक्ष असिम मुनिरसँग रावलपिन्डीस्थित सैनिक मुख्यालयमा गोप्य भेटवार्ता गरेका छन्।
पाकिस्तानमा ड्रोन उत्पादनका लागि हरिपुर, रावलपिन्डी र तक्षशिलामा तीन सम्भावित सैन्य स्थलहरू छनोट गरिएका छन्। यहाँ आत्मघाती (सुसाइड/कामिकाजे) ड्रोनहरू बनाइनेछ। सेप्टेम्बर १६ मा मुनिर र पावसरबिच ड्रोन आयात तथा संयुक्त उत्पादनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
स्रोतका अनुसार उत्पादन प्रक्रियामा पाकिस्तानी सेनाको औद्योगिक युनिट पनि सहभागी हुनेछ। उत्पादन युनिटको अन्तिम स्थल (साइट) चयन गर्नका लागि पाकिस्तानी अधिकारीहरू अक्टोबर १५ पछि अमेरिका जाने कार्यक्रम छ। पाकिस्तानले हाल चीन र टर्कीबाट ड्रोन खरिद गर्दै आएको छ। टर्कीले पनि पाकिस्तानमा ड्रोन उत्पादन गर्ने सम्झौता गरिसकेको छ।
सम्बन्धित समाचार
अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल
काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...
अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार
क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...
फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण
काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...




