,
,,::
KTM Post Logo
Nepal Voices

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

📰
KTM Post

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन”, उनले भने, “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।”

महानिर्देशक डा.दाहाल सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउँछन् । कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ रहेको छ । “काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन । अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ । कागको सुलिले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ” उनले भने ।

हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । उनका अनुसार अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।

महानिर्देशक डा.दाहालले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकेको छ । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो । उनले उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताए ।

विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आइएको छ ।

सम्बन्धित समाचार

मिल्न पनि नसक्ने, फुट्न पनि नसक्ने मोडमा कांग्रेस 1

मिल्न पनि नसक्ने, फुट्न पनि नसक्ने मोडमा कांग्रेस

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ २३ र २४ को जेनजी विद्रोहसँगै पार्टीभित्र बढ्दै...

अरूको शरीरमाथि खेलबाड नगर, आईभीएफ कानून ल्याऊ 1

अरूको शरीरमाथि खेलबाड नगर, आईभीएफ कानून ल्याऊ

केही दिनयता, ‘डिम्ब तस्करीमा छोरी जोगाउन मुद्दै खारेज’ नामक विषयले चर्चा पाएको छ। यो विषयले अन्तरिम सरकारले नियुक्त गरेको महान्यायाधिवक्तासँग सिधै...

निर्मल पुर्जालगायत आरोहीहरूको निधनप्रति सरकारद्वारा गहिरो दुःख व्यक्त 1

निर्मल पुर्जालगायत आरोहीहरूको निधनप्रति सरकारद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा गएको हिमपहिरोमा परी प्रसिद्ध आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहितका...

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति 1

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति

काठमाडौं। बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा...