मिल्न पनि नसक्ने, फुट्न पनि नसक्ने मोडमा कांग्रेस
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ २३ र २४ को जेनजी विद्रोहसँगै पार्टीभित्र बढ्दै गएको विवाद र विशेष महाधिवेशनका कारण नेताहरू स्पष्ट दुई समूहमा विभाजित छन्।
विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले मान्यता दिएपछि पुरानो नेतृत्व पक्ष बाहिर परेको छ। पुरानो नेतृत्व पक्षले १४औं महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिमा समायोजन गर्नुपर्ने माग राखेको छ। तर संस्थापनपक्ष पुरानो समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने पक्षमा छैन। संस्थापनपक्ष इतर समूहमा रहेका नेतालाई एक एक गरी पक्षमा पार्ने रणनीतिमा छ।
संस्थापनपक्षले उपेक्षा गरेपछि इतरपक्षले पार्टी संस्थापक नेता बिपी कोइरालाका छोरा शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। भेलामार्फत आवश्यक परे नयाँ पार्टीको अभ्यास गर्ने इतरपक्षको तयारी छ। दुवै पक्ष आआफ्नो बाटोमा अघि बढेपछि एउटा समूह एकताका लागि नेताहरूलाई दबाब दिन सक्रिय छ। शंकर भण्डारीसहितको अर्को समूह हिन्दु राज्यको पक्षमा खुलेर अघि बढेको छ। यसैकारण कांग्रेस यतिबेला आफ्नो मौलिकता नै गुमाउने अवस्थामा पुगेको छ। त्यसैगरि पूर्व केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रियसभा सदस्य रन्जित कर्णले कांग्रेस मिलाउने भन्दै नयाँ अभियान थालेका छन् । उनीहरुले आफ्नो पक्षमा ३५ जना पूर्व केन्द्रिय सदस्य रहेको भन्दै आफूहरुलाई केही नचाहिने पार्टी एक हुनुपर्ने बताएका छन् ।
सम्बन्धित समाचार
अर्बौं रुपैयाँ राजस्व असुलीको विषयमा सरकार र इन्टरनेट सेवा प्रदायकबीच कानुनी प्रतिस्पर्धा
काठमाडौं । नेपालको दूरसञ्चार तथा कर प्रशासनसँग सम्बन्धित एउटा महत्वपूर्ण विवाद अहिले सर्वोच्च अदालतको विचाराधीन अवस्थामा पुगेको छ । ठूला करदाता...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते
१९ साउन, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे...
किन हिक्मत कार्की ओलीको निशानामा परे ? तेह्रथुमदेखि शंकर पोखरेलको समीकरणसम्मका भित्री कथा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई जसरी पनि हटाउने एमाले अध्यक्ष केपी ओलीको हठले कोशी प्रदेश सरकार नयाँ बन्ने प्रक्रिया...
तिब्बती शरणार्थीका नाममा फर्जी ट्राभल डकुमेन्ट प्रकरण : परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौं । पाँच तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव...







