तिब्बती शरणार्थीका नाममा फर्जी ट्राभल डकुमेन्ट प्रकरण : परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौं । पाँच तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत काठमाडौंबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रमुख उमा चतुर्वेदीका अनुसार करिब १७ वर्षअघि पाँच तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिएको घटनाको अनुसन्धानपछि भट्टराईविरुद्ध राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि सीआईबीले भट्टराईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
सम्बन्धित समाचार
अर्बौं रुपैयाँ राजस्व असुलीको विषयमा सरकार र इन्टरनेट सेवा प्रदायकबीच कानुनी प्रतिस्पर्धा
काठमाडौं । नेपालको दूरसञ्चार तथा कर प्रशासनसँग सम्बन्धित एउटा महत्वपूर्ण विवाद अहिले सर्वोच्च अदालतको विचाराधीन अवस्थामा पुगेको छ । ठूला करदाता...
मिल्न पनि नसक्ने, फुट्न पनि नसक्ने मोडमा कांग्रेस
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ २३ र २४ को जेनजी विद्रोहसँगै पार्टीभित्र बढ्दै...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते
१९ साउन, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे...
किन हिक्मत कार्की ओलीको निशानामा परे ? तेह्रथुमदेखि शंकर पोखरेलको समीकरणसम्मका भित्री कथा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई जसरी पनि हटाउने एमाले अध्यक्ष केपी ओलीको हठले कोशी प्रदेश सरकार नयाँ बन्ने प्रक्रिया...







