Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

न्याय माग्न सिंहदरबार पुगेका निहारिका र विनु यादव पाँच दिन हिरासतमा


काठमाडौं । आफूहरू हिंसामा परेको भन्दै न्याय माग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका निहारिका राजपुत र विनु यादवलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष उनीहरूलाई हिरासतमा राख्न अनुमति मागेको थियो। सोहीअनुसार प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

घरेलु तथा लैंगिक हिंसामा परेको भन्दै न्यायको माग गर्दै केही दिनदेखि सिंहदरबारको गेटमा धर्ना दिँदै आएका उनीहरू बिहीबार बिहान ९ बजे सिंहदरबारभित्र प्रवेश गरेका थिए। प्रधानमन्त्री कार्यालय पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरी मालीगाउँस्थित प्रहरी प्रभागमा राखेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट