Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

प्रचण्ड निकट नेता विरूद्ध पक्राउ पुर्जी


काठमाडौं । जगत पार्की विरुद्ध बैंकिङ लेनदेनसम्बन्धी विवादमा कैलाली जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अदालत स्रोतका अनुसार आर्थिक लेनदेनसम्बन्धी उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

पार्की प्रचण्ड निकट नेता हुन । प्रारम्भिक समयमा काठ व्यवसाय तथा सामुदायिक वनसँग सम्बन्धित काममा सक्रिय रहेका थिए । त्यसक्रममा वन तथा काठ कारोबारसँग जोडिएका केही विवाद र मुद्दासमेत उनले खेपेको चर्चा स्थानीय स्तरमा हुने गरेको छ ।

हाल उनीमाथि आर्थिक लेनदेनमा विवाद भएकाे छ । स्रोतका अनुसार वैदेशिक रोजगारीमा मानिस पठाइदिने आश्वासन दिएर रकम लिएको आरोपसमेत उनीमाथि लागेको बताइएको छ । यद्यपि उक्त आरोपबारे अदालतमा अन्तिम निर्णय भइसकेको छैन ।

एक समय माओवादी पार्टी छाडेर शेरबहादुर देउवा निकट पुगेका थिए । त्यसपछि पुनः पुष्पकमल दाहाल निकट बनेपछि राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । उनलाई राष्ट्रियसभामा पठाउन प्रचण्डको विशेष भूमिका रहेको थियाे ।

पार्कीको व्यक्तिगत जीवनसम्बन्धी विभिन्न चर्चा पनि बेलाबेला सार्वजनिक हुँदै आएका छन् । उनीमाथि बहुविवाह गरेको आरोपसमेत लाग्ने गरेको छ । हाल उनी कान्छी श्रीमतीसँग बस्दै आएको बताइन्छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट