को-को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ? (सूचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा ९९ जना निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगका अनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट कुल ९९ जना केन्द्रीय समितिमा चयन भएका हुन्।
निर्वाचनमा उपसभापति स्वर्णिम वाग्लेले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। उनले विद्युतीय मतदान र प्रवासतर्फको अनलाइन मतदानसमेत गरी कुल २ हजार ६५६ मत हासिल गरेका छन्।मत परिणामअनुसार सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो र सागर ढकाल चौथो स्थानमा रहेका छन्। उनीहरू पनि उच्च मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
रास्वपाको पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। महाधिवेशनबाट खुला, महिला, समावेशी तथा प्रदेशगत समूहबाट केन्द्रीय सदस्यहरूको चयन गरिएको निर्वाचन आयोगले जनाएको छ।







क्याटेगोरी : राजनीति













प्रतिक्रिया