KTM Post Logo
KTM Post Logo

लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, ब्यवसायीसँग २ घण्टा छलफल

📰
KTM Post

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निजी लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, सफल ब्यवसायीसँग २ घण्टा छलफल गरेका छन् । रास्वपा सांसद विदूसी राणाको संयोजनमा नेपालका सफल ब्यवसायीहरु व्यवसायीहरू विनोद चौधरी, उमेश श्रेष्ठ र पवन गोल्यानसमेत सहभागी थिए। उक्त छलफलमा भाटभटेनीका साहु मिनबहादुर गुरुङलाई बोलाइए पनि उनी भने सहभागी भएनन् ।

भेटघाटको सुरुवातमै प्रधानमन्त्री शाहले ब्यवसायीहरुसँग निशंकोच भएर निजी क्षेत्रका समस्या र सुझावहरु दिन भनेका थिए ।

प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूले गरेको भेटमा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिलगायतका विषयमा छलफल भएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक परे नयाँ कानुनसमेत ल्याएर निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार तयार रहेको संकेत प्रधानमन्त्रीबाट आएको उनले बताए।

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा समन्वयका लागि नियमित बैठक बस्ने गरी स्थायी संयन्त्र निर्माण गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक देखिएको ढकालले बताए।

'आधा घण्टाको समय तोकिएको भेट दुई घण्टासम्म लम्बिनुले नै यो अन्तरक्रिया कति अर्थपूर्ण थियो भन्ने देखाउँछ,' ढकालले भने, 'व्यवसायी तथा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको अहिलेको अवस्थामा सरकार र निजी क्षेत्रबीच यस्तो प्रत्यक्ष छलफल हुनु र लगानीको विश्वास बढाउने प्रतिबद्धता आउनु सुखद संकेत हो।'

उनका अनुसार प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रले लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सरकारले अनुकूल वातावरण निर्माण गर्नुपर्ने विषयमा समेत आफ्ना धारणा राखेको थियो।

प्रधानमन्त्री शाहसँगको भेटमा व्यवसायीहरू विनोद चौधरी, उमेश श्रेष्ठ र पवन गोल्यानसमेत सहभागी थिए।

सम्बन्धित समाचार

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटलमा मात्र साढे १९ अर्बको नोक्सानी 1

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटलमा मात्र साढे १९ अर्बको नोक्सानी

तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्र ५२ अर्ब १३ करोड रुपैयाँ...

महासभामा नेपालको प्रमुख अजेन्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज ८ मा 1

महासभामा नेपालको प्रमुख अजेन्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज ८ मा

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय,...

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ? 1

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ?

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन र त्यसबाट सिर्जित क्षतिको विषयलाई प्रमुखताका साथ...

रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज तयार पार्न बनायो ११ सदस्यीय समिति 1

रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज तयार पार्न बनायो ११ सदस्यीय समिति

राष्ट्रिय स्वतन्त्र पार्टी ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न ११...