KTM Post Logo
KTM Post Logo

रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय

📰
KTM Post

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पुर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ।

मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनि उल्लेख भएका कित्ताहरुबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो।

त्यसैगरी, प्रतिवेदनमा पुरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरुको समेत एकमुष्ट रुपमा निर्णय गरी नेपाल सरकार (सरकारी तथा सार्वजनिक रुपमै ) कायम गर्न निर्णय गरेको हो।

प्रमुख नापी अधिकृत रमेश ज्ञवाली संयोजक रहेको समितिमा गृहमन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहेका छन्।

सम्बन्धित समाचार

महासभामा नेपालको प्रमुख अजेन्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज ८ मा 1

महासभामा नेपालको प्रमुख अजेन्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज ८ मा

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय,...

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ? 1

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ?

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन र त्यसबाट सिर्जित क्षतिको विषयलाई प्रमुखताका साथ...

रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज तयार पार्न बनायो ११ सदस्यीय समिति 1

रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज तयार पार्न बनायो ११ सदस्यीय समिति

राष्ट्रिय स्वतन्त्र पार्टी ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न ११...

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन 1

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन

काठमाडौं। भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न...