Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

सडक नियम मिच्नेको भिडिओ पठाउनुस्, हामी तत्काल कारबाही गर्छौं: एसएसपी काफ्ले


काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेले सडक नियम उल्लंघन गर्ने सवारी साधनको भिडिओ खिचेर पठाउन आम नागरिकलाई आह्वान गरेका छन् । सर्वसाधारणले खिचेका भिडिओ प्रमाणका आधारमा प्रहरीले तत्कालै दोषीलाई कानुनी दायरामा ल्याउने उनले बताएका छन्

एसएसपी काफ्लेले नागरिकको सहयोगबाट ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिने बताए । उनले भने, “आम नागरिकलाई हाम्रो आग्रह छ- कसैले सडकको नियम उल्लंघन गरेर सवारी साधन चलाएको छ भने त्यस्तो भिडिओ खिचेर हामीलाई पठाउनुस्, हामी तत्काल कारबाही गर्छौं ।”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट