Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

अध्यादेशपछि अर्थ मन्त्रालय मातहत को-को भए पदमुक्त ?


काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ कार्यान्वयनमा आएसँगै अर्थ मन्त्रालय मातहत निकायबाट साढे दुई दर्जन अधिकारी पदमुक्त भएका छन् ।

अर्थ मन्त्रालयबाट विभिन्न निकायका सचिव तथा सहसचिव सञ्चालक तथा सदस्य रहने प्रावधान रहेका कारण बहालवाला सहसचिव भने आफ्नो स्थायी पदमा यथावत रहनेछन् ।

कर्मचारी सञ्चय कोषको अध्यक्ष पदबाट भूपाल बराल पदमुक्त भएका छन् । उनी अहिले राजस्व सचिव छन् ।

सोही कोषको सदस्यबाट धनिराम शर्मा समेत पदमुक्त भए । उनी अहिले सहसचिवको भूमिकामा छन् । कोषका प्रशासक जितेन्द्र धिताल, सदस्यहरू इश्वर कार्की, विनोद थापा, प्रा. डा. ताराप्रसाद भूसाल र देवेन्द्ररमण खनाल समेत पदभुक्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, विज्ञ सञ्चालक हेमन्तराज रमाली र कार्यकारी निर्देशक पर्वतकुमार कार्की समेत पदमुक्त भएका छन् ।

यी हुन् अर्थ मन्त्रालय मातहतका निकायबाट रिक्त पदाधिकारी

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट