Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन् ।

सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा सार्वजनिक भएसँगै करिब १६ सय पदाधिकारीहरू एकैसाथ पदमुक्त भएका हुन् ।

सोही अन्तर्गत सञ्चार मन्त्रालय मातहत रहेका ९ वटा निकायका पदाधिकारीहरू पदमुक्त भएका हुन् । पदमुक्त भएका ३६ जनाको नामवाली सार्वजनिक गरेको छ ।

गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, विज्ञापन बोर्ड, सुरक्षण मुद्रण केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय सूचना आयोग, चलचित्र जाँच समिति र न्यूनतम पारिश्रमिक निर्धारण समितिका पदाधिकारीहरू स्वत: पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट