Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

ट्राफिक कारबाहीबाट २४ घण्टामा २७ लाख ३६ हजार राजस्व संकलन


काठमाडौं । पछिल्लो २४ घण्टामा राज्यकोषमा २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ । ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरेकाहरुबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।

क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट