Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

केयू उपकुलपति छनोट प्रक्रिया सुरु, शिक्षामन्त्री पोखरेलको नेतृत्वमा सर्च कमिटी गठन


काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि तीन सदस्यीय सर्च कमिटी गठन गरिएको छ। मंगलबार बसेको विश्वविद्यालय सभाको बैठकले शिक्षामन्त्री सस्मिता पोखरेलको संयोजकत्वमा कमिटी गठन गर्ने निर्णय गरेको हो।

गठित समितिमा केयूका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा तथा राष्ट्रिय योजना आयोगका शिक्षा क्षेत्र हेर्ने सदस्य सदस्यका रूपमा रहेका छन्। समितिले आवश्यक मापदण्ड तय गरी उपकुलपति छनोटको प्रक्रिया अघि बढाउने जनाइएको छ।

हालै जारी अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि रिक्त रहेको पदमा नयाँ नेतृत्व चयन गर्न प्रक्रिया थालिएको हो। समितिले योग्य उम्मेदवारको छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी पाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट