Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले बोल्न समय दिए । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे ।

अहिले उनीहरू बैठकमा उठेर विरोध गरिरहेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट