Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

संसद्‌मा प्रधानमन्त्री बालेन शाहको हाजिरी खोजी गर्दै हर्क साम्पाङले उठाए प्रश्न


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाहको उपस्थिति हाजिरी बारे प्रश्न उठाउँदै नियमावलीको कार्यान्वयनमा जोड दिएका छन्।

प्रतिनिधिसभा नियमावलीको नियम ४ को व्यवस्थालाई स्मरण गराउँदै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको हाजिरी पारदर्शी हुनुपर्ने माग गरेका हुन्। उक्त नियम अनुसार संसद्को बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा अनिवार्य रूपमा उपस्थिति जनाउनु पर्ने कानुनी व्यवस्था छ। संसद् सचिवालयले यस्तो उपस्थितिको जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्ने व्यवस्था समेत नियमावलीमा उल्लेख छ।

नियमावलीको सोही प्रावधानलाई आधार मान्दै साम्पाङले प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठाए। “प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि हाजिर गर्नुभएको छ कि छैनरु यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ,” साम्पाङले भने। प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री पद स्वतः रद्द हुने दाबी समेत उनले गरे।

यसका साथै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। नेपालले भारतको जमिन कहाँ(कहाँ मिचेको छ भन्नेबारे प्रधानमन्त्रीले स्पष्ट जानकारी दिनुपर्ने माग गर्दै उनले कतै गल्ती भएको भए माफी माग्नुपर्ने धारणा समेत राखे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट