Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

दुर्गा प्रसाईं र धलशमशेरबिच नयाँ पार्टी बनाउने विषयमा छलफल


काठमाडौं । राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउने तयारीमा जुटेका नेता धवलशमशेर राणाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंबिच मंगलबार भेटवार्ता भएको छ ।

भेटका क्रममा मिलेन जाने विषयमा दुई नेताबिच सहमति भएको स्रोतको दाबी छ । यद्यपि पार्टीको नाम के राख्ने र कसरी धेरैभन्दा धेरैलाई पार्टीमा सहभागी गराउने भन्नेबारे भने क्रमशः छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको स्रोतको भनाइ छ ।

राणाले प्रसाईंसमेतसँग मिलेर नयाँ पार्टी घोषणा गर्नेगरी गृहकार्य अघि बढाएका छन् । अहिले मलमास रहेकाले मलमास सकिएसँगै राष्ट्रवादी भावना बोकेको पार्टी घोषणा तयारी गरिएको स्रोतको भनाइ छ । नयाँ पार्टी राजावादी र जेनजीको भावना बोक्न सक्नेखालको हुने दाबी गरिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट