Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

प्रगतिशील लोकतान्त्रिक पार्टीको विस्तारित बैठक सम्पन्न, पार्टी छाडेर जानेलाई सफलताको शुभकामना


काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको विस्तारित बैठक यहि जेठ १६ र १७ गते ललितपुरमा सम्मन्न गरेको छ ।

विस्तारित बैठकले पार्टी परित्याग गरेर गएका १४ जना केन्द्रिय सदस्यहरुलाई हालसम्मको सहकार्यको लागि धन्यवादसहित आगामी यात्राको सफलताको शुभकामना दिएको छ । साथै उक्त रिक्त पदहरुको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने समेत भएको छ ।

पार्टीले प्रगतिशील समाजवादीहरुसँगको एकता र धु्रविकरणलाई पहलकदमी दिन अध्यक्ष सन्तोष परियारको नेतृत्वमा जनार्दन शर्मा, राम कार्की, डा. जनक शाह, कृष्णा के.सी. र जटिल कार्कीसहित ६ सदस्यीय राजनीतिक संवाद समिति समेत गठन गरेको छ ।

बैठकले बालेन शाहको संसदमा दिएको अभिब्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै खेद ब्यक्त समेत गरेको छ । साथै बजेटका विषयमा समाजवाद उन्मुख अर्थतन्त्रको मान्यता विपरित लगाइएको स्वास्थ्य, शिक्षा र विद्युतको करले निम्न बर्ग र समुदायमाथी विभेद भएको बताएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट