Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

मध्यपूर्व युद्धबीच मे महिनामा विदेशी पर्यटकको सङ्ख्या १९ प्रतिशतले बढ्यो


काठमाडौं । सन् २०२६ को मे महिनामा १ लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा १ लाख २ हजार ६२६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

यो सङ्ख्या गएको वर्षको तुलनामा १९ प्रतिशतले धेरै हो । बोर्डका अनुसार गएको वर्षको मे महिनामा ८६ हजार २१६ जना पर्यटक नेपाल आएका थिए । कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ जना विदेशी नेपाल घुम्न आएका थिए ।

मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन् । यो महिनामा भारतबाट मात्र ४० हजार ७८२ पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै दोस्रोमा चीनबाट ११ हजार ५१४, तेस्रोमा अमेरिकाबाट ९ हजार १, चौथोमा बङ्गलादेशबाट ५ हजार २९८ र पाँचौँमा बेलायतबाट ३ हजार ३७५ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

यस्तै क्षेत्रगत रूपमा विश्लेषण गर्दा सबैभन्दा धेरै सार्क देशबाट ४७.२ प्रतिशत, अन्य एशियाली देशबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत र अस्ट्रेलियारन्युजिल्यान्ड क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ पाँच प्रतिशत र अन्य देशबाट ४.५ प्रतिशत विदेशी नेपाल आएका छन् ।

मध्यपूर्वमा चलिरहेको द्वन्द्वकै बीच नेपालमा पर्यटक सङ्ख्या बढेको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट