Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

रास्वपा सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता


नयाँ दिल्ली। भारतको औपचारिक भ्रमणमा रहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ।
नयाँ दिल्लीस्थित गृहमन्त्रालयमा भएको उक्त भेटघाटमा दुई देशबीचको आपसी हित, सीमा सुरक्षा, तथा कूटनीतिक सम्बन्धका विविध आयामबारे महत्त्वपूर्ण छलफल भएको जनाइएको छ।
भारतीय विदेशमन्त्री एस। जयशंकर र विदेशसचिव विक्रम मिस्रीसँगको उच्चस्तरीय संवादलगत्तै सभापति लामिछानेले भारतीय राजनीतिको शक्तिशाली मानिने गृहमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटवार्ताका क्रममा नेपाल र भारतबीचको खुला सीमानाका कारण सिर्जना हुनसक्ने सुरक्षा चुनौती, अन्तर्देशीय अपराध नियन्त्रण र द्विपक्षीय सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट