रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस। जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरूबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो।
भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ ट्विटर मार्फत खुसी व्यक्त गर्दै छलफलका विषयहरू सार्वजनिक गरेका छन्।”आज दिल्लीमा नेपालको रास्वपाका अध्यक्ष रवि लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुसी लाग्यो,’ जयशंकरले लेखेका छन्, ‘हाम्रो छलफल भारत–नेपाल विकास साझेदारी र जनता–जनताबीचको सम्बन्धमा केन्द्रित थियो। दुई देशको विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यी विषयहरूको महत्त्वपूर्ण भूमिका रहन्छ।’
पाँचदिने भारत भ्रमणको सिलसिलामा रास्वपा सभापति लामिछाने सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। भ्रमणकै क्रममा मंगलबार उनी भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० को मुख्यालय समेत पुगेका थिए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया