Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।

एमाले केन्द्रीय संगठन विभागको आयोजनामा जेठ २० र २१ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा सञ्चालन हुने राष्ट्रिय कार्यशालामा ओली सहभागी हुन लागेका हुन्।

कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने एमालेले जनाएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण र गतिशीलता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

कार्यशालामा पार्टीका सबै प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। यस्तै, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको समेत उपस्थिति रहने जनाइएको छ।

एमालेका अनुसार कार्यशालामा सदस्यता विस्तार, सदस्यता नवीकरण प्रक्रिया तथा संगठन सुदृढीकरणका भावी योजनाबारे छलफल र अभिमुखीकरण गरिनेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट