महावीर पुन मन्त्रालयमै बस्ने,बन्दोबस्तीका सामान लिएर आए
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाउने भएका छन् । उनी सोमबार बिहान आफ्ना आवश्यक बन्दोबस्तीका सामानसहित सिंहदरबारस्थित मन्त्रालयमा सरेका हुन्।
भैसेपाटीस्थित मन्त्री क्वार्टरहरू जेन–जी आन्दोलनका क्रममा जलेपछि सरकारले मन्त्रीहरूका लागि वैकल्पिक आवास व्यवस्था गर्न सकेको छैन। त्यसैले कतिपय मन्त्रीहरू आफ्नै घरबाट मन्त्रालय धाइरहेका छन् भने घर नभएकाहरू डेरा लिएर बसिरहेका छन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले क्वार्टर उपलब्ध नभए मन्त्रालयमै बस्ने बताएका थिए। सोही भनाइअनुसार उनी आज बिहानै ४–५ वटा झोला र एउटा कार्टुनसहित मन्त्रालय पुगेका हुन्।
उनका अनुसार आफ्ना व्यक्तिगत सामान सीमित छन्। यसअघि उनी आविष्कार केन्द्रमै बस्दै आएका थिए।
क्याटेगोरी : समाचार













प्रतिक्रिया