दीपक भट्ट प्रकरणमा उद्योगी शेखर गोल्छामाथि अनुसन्धान विस्तार
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको आर्थिक कारोबारको अनुसन्धान अब उद्योगी शेखर गोल्छासम्म पुगेको छ । प्रारम्भिक सूचनाले गोल्छाको समेत संलग्नता हुनसक्ने संकेत गरेपछि सम्बन्धित निकायहरूले अनुसन्धानको दायरा फराकिलो बनाएका हुन् ।
प्राप्त विवरण अनुसार भट्टसँग सम्बन्धित वित्तीय लेनदेन र बैंकिङ गतिविधिहरूको सूक्ष्म अध्ययन भइरहेको छ । अनुसन्धानकर्ताहरूले बैंक खाताहरूको विवरण, लगानीका स्रोत र रकमको प्रवाहबारे कागजात संकलन गरिरहेका छन् । यसका साथै, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्ने तयारी पनि अघि बढाइएको छ ।
जसअनुसार शेखर गोल्छालाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्ने वा बाहिरै राखेर बयान लिने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया