Techie IT
KTM Post
बुधबार, ३ असार, २०८३

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ


काठमाडौं, जेठ ३० — चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ। कार्यालयका अनुसार उनलाई बैंकिङ कसुरसम्बन्धी आरोपमा नियन्त्रणमा लिइएको हो।

एसएसपी सन्तोष खड्काका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदको कारोबारसँग सम्बन्धित विवादका आधारमा साहलाई पक्राउ गरिएको हो। आरोपअनुसार साहले उक्त रेष्टुरेन्ट करिब १ करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि बाँकी रकम भुक्तानी नगरेको भन्दै उजुरी परेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं ल्याइएको स्रोतले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट