KTM Post Logo
KTM Post Logo

अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

📰
KTM Post

अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान–श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ ।

अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको द गार्जियनले जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान् वा श्रीमती तथा १८ वर्षमुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ । विद्यार्थीका श्रीमान् वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तहअनुसार निश्चित समयसम्म अस्ट्रेलियामा काम गर्न पाउने व्यवस्था छ । तर प्रस्तावित नयाँ व्यवस्थाले विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने यो सुविधा हटाउने तयारी गरिएको हो ।

सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो । यद्यपि, यो व्यवस्था अहिलेसम्म लागू भइसकेको छैन ।

अस्ट्रेलिया सरकारले समग्र आप्रवासन घटाउने योजनाअन्तर्गत अस्थायी आप्रवासीका लागि लागू हुने नियमसमेत कडा बनाउने तयारी गरेको छ । एउटा अस्थायी भिसा सकिएपछि अर्को प्रकारको भिसा लिएर अस्ट्रेलियामा बसाइ लम्ब्याउने प्रवृत्तिलाई समेत नियन्त्रण गर्ने सरकारको योजना छ ।

पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दा आवास, पूर्वाधार र सार्वजनिक सेवामा दबाब बढेको भन्दै अस्ट्रेलियामा बहस हुँदै आएको छ । बढ्दो आप्रवासनले घरको माग बढाएको र सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको आलोचना हुँदै आएको छ ।

सम्बन्धित समाचार

ट्रम्पद्वारा सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्धको घोषणा 1

ट्रम्पद्वारा सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्धको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडिया हाउसहरूसँगको आफ्नो तनावपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै केवल न्युज नेटवर्क, एमएस नाउ र पोलिटिकोलाई...

रसियन हाउसमा नेपाल–रुस थिएटर सप्ताह सुरु 1

रसियन हाउसमा नेपाल–रुस थिएटर सप्ताह सुरु

काठमाडौं । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष तथा बोल्सोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल–रुस थिएटर सप्ताह...

साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिन इरानमाथि चीनको दबाव 1

साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिन इरानमाथि चीनको दबाव

काठमाडौं । साउदी अरबको आग्रहपछि यमनका हुथी विद्रोहीहरूलाई नियन्त्रणमा लिन चीनले इरानलाई दबाव दिइरहेको विवरण सार्वजनिक भएको छ ।इरान–समर्थित समूह...

ट्रम्प किम जोङसँग वार्ता गर्न इच्छुक 1

ट्रम्प किम जोङसँग वार्ता गर्न इच्छुक

सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग संवाद गर्न इच्छुक रहेको स्पष्ट पार्दै वासिङ्टन र...