KTM Post Logo
KTM Post Logo

अस्ट्रेलियन स्टार क्रिकेटर डेभिड वार्नर एनपीएलका लागि काठमाडौँ गोर्खाजमा अनुबन्धित

📰
KTM Post

काठमाडौँ। अस्ट्रेलियाका चर्चित तथा दिग्गज ब्याटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। उनी एनपीएल टोली काठमाडौँ गोर्खाजसँग अनुबन्धित भएका हुन्।

काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी सार्वजनिक गरेको छ। ३९ वर्षीय देब्रेहाते ओपनर वार्नर एनपीएलको इतिहासमै सहभागी हुने हालसम्मकै सबैभन्दा ठूला र प्रभावशाली अन्तर्राष्ट्रिय खेलाडी मानिएका छन्।

यसअघि अस्ट्रेलियन क्रिकेट संस्था ‘सिम स्ट्राइक’ ले वार्नर एनपीएल खेल्न नेपाल जान लागेको खबर पोस्ट गरेको थियो, जसमा स्वयं वार्नरले समेत प्रतिक्रियास्वरूप ‘लाइक’ गरेपछि उनको आगमनबारे चर्चा चुलिएको थियो। त्यसैगरी काठमाडौँ गोर्खाजले विभिन्न सङ्केतमार्फत वार्नरको आगमनतर्फ इशारा गर्दै आएको थियो।

अस्ट्रेलियाली राष्ट्रिय टोलीका लागि अत्यन्त सफल करियर बिताएका वार्नरले सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, सन् २०२१ को टी-२० विश्वकप तथा सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप उपाधि जित्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनी अस्ट्रेलियाका तर्फबाट खेलका तीनै फर्म्याट (टेस्ट, ओडीआई र टी-२०) मा शतक प्रहार गर्ने सीमित खेलाडीहरूको सूचीमा पर्दछन्।

अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा ११० खेल खेल्दै १ शतकसहित ३,२०० भन्दा बढी रन बनाएका वार्नरको समग्र टी-२० करियर अझ लोभलाग्दो छ। उनले ४३९ टी-२० खेलहरूमा १० शतक र ११८ अर्धशतकको मद्दतले १४ हजारभन्दा बढी रन जोडिसकेका छन्।

सम्बन्धित समाचार

एन्फा कार्यालयमा सीआईबीको छापा 1

एन्फा कार्यालयमा सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अखिल नेपाल फुटबल सङ्घ को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले आज एन्फा कार्यालय...

एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह 1

एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

काठमाडौं। अखिल नेपाल फुटबल संघ राष्ट्रिय खेलकुद परिषद् को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त...

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० सिरिज खेल्ने 1

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० सिरिज खेल्ने

काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।नेपाल क्रिकेट...

नेपाल र बंगलादेशबीच टी–२० शृंखला हुँदै 1

नेपाल र बंगलादेशबीच टी–२० शृंखला हुँदै

काठमाडौं । नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्ड को सहकार्यमा नेपाल र बंगलादेशबीच टी२० आई क्रिकेट शृंखला हुने भएको छ । उक्त खेल कीर्तिपुर...