एसियाली खेलकुद: नेपाल जापानसँग भिड्दै
बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ। नेपाल र जापानबीचको प्रतिस्पर्धा अपरान्ह ४ः०० बजेदेखि कोमाकीस्थित पार्क एरिनामा हुनेछ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ। भलिबलमा जापान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली हो। आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको छैटौँ स्थानमा रहेको जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। ताजा वरियतामा नेपाल ६९औँ स्थानमा छ।
एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक प्रतिस्पर्धा गरिरहेको हो। सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो।
सम्बन्धित समाचार
एन्फा कार्यालयमा सीआईबीको छापा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अखिल नेपाल फुटबल सङ्घ को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले आज एन्फा कार्यालय...
एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह
काठमाडौं। अखिल नेपाल फुटबल संघ राष्ट्रिय खेलकुद परिषद् को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त...
नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० सिरिज खेल्ने
काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।नेपाल क्रिकेट...
नेपाल र बंगलादेशबीच टी–२० शृंखला हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्ड को सहकार्यमा नेपाल र बंगलादेशबीच टी२० आई क्रिकेट शृंखला हुने भएको छ । उक्त खेल कीर्तिपुर...




