जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष माथीका
जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ ।
तथ्याङ्कअनुसार जापानमा अहिले १ लाख ७ हजार ६७७ जना १०० वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो सङ्ख्या विश्वमै सबैभन्दा धेरै हो, यसमध्ये ८८ प्रतिशत महिला छन् । सबैभन्दा धेरै उमेरकी महिला क्योटो शहरकी ११४ वर्षीया किशिमोतो फुयो र सबैभन्दा धेरै उमेरका पुरुष कुमामोतोका ११२ वर्षीय कातो हिकारु हुन्।
स्वास्थ्यमन्त्री केनिचिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो, स्वस्थ र सक्रिय जीवन बिताइरहेकोमा आफू खुशी भएको बताए । तर उनले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराएका छन् ।
विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैलीलगायतका विभिन्न कारकहरूलाई दिन्छन् ।
यस टापु–राष्ट्रको खानपानमा मुख्यतया माछा, तरकारी र भात समावेश हुन्छन् — र यसमा धेरैजसो पश्चिमी खानपानको तुलनामा ‘स्याचुरेटेड फ्याट’ अर्थात् संतृप्त बोसो कम हुन्छ ।
वृद्धवृद्धाहरू पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाडी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन् ।
कुनै जनसङ्ख्याले आफ्नो ठाउँ आफैँ पूर्ति गर्नका लागि प्रत्येक महिलाले औसतमा २.१ सन्तानलाई जन्म दिनुपर्ने हुन्छ । गएको वर्ष जापानको कुल प्रजनन दर घटेर १.१४ को कीर्तिमानी न्यून स्तरमा पुगेको थियो ।
जापानमा वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै गएको छ र त्यहाँ एक दशकभन्दा धेरै समयदेखि शिशुहरूको भन्दा वयस्कहरूले प्रयोग गर्ने डाइपरको बिक्री धेरै हुँदै आएको छ ।
जापानमा अहिले एक वर्षमा झन्डै ९८ अर्ब येन मुल्य बराबरको वृद्धवृद्धाको डाइपर बिक्री हुन्छ भने वर्षेनि माग घटिरहेको बालबालिकाको डाइपर बजार ८४ अर्ब येनमा झरेको छ ।
जनसङ्ख्या तथा सामाजिक सुरक्षा अनुसन्धानसम्बन्धी राष्ट्रिय संस्थाको तथ्याङ्कअनुसार सन् २०७० सम्ममा कुल जनसङ्ख्या घटेर ८ करोड ७० लाखमा सीमित हुने अनुमान छ । यो सङ्ख्या सन् २००८ मा पुगेको १२ करोड ८० लाखको उच्च विन्दुको तुलनामा ३० प्रतिशतको कमी हो ।
सम्बन्धित समाचार
साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिन इरानमाथि चीनको दबाव
काठमाडौं । साउदी अरबको आग्रहपछि यमनका हुथी विद्रोहीहरूलाई नियन्त्रणमा लिन चीनले इरानलाई दबाव दिइरहेको विवरण सार्वजनिक भएको छ ।इरान–समर्थित समूह...
ट्रम्प किम जोङसँग वार्ता गर्न इच्छुक
सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग संवाद गर्न इच्छुक रहेको स्पष्ट पार्दै वासिङ्टन र...
इरानमा अमेरिकी हवाई हमलाबाट १७७ सर्वसाधारणको मृत्यु
काठमाडौं। संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले इरानमा भएका दुईवटा अमेरिकी हवाई हमलामा कम्तीमा १७७ जना सर्वसाधारणको ज्यान गएको र ती घटनामा...
ट्रम्प प्रशासनद्वारा साउदीलाई ४८ एफ-३५ बेच्ने प्रस्ताव स्वीकृत, चीन र इजरायलको चिन्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साउदी अरेबियालाई ४८ वटा एफ-३५ लडाकु विमान बेच्ने प्रस्ताव स्वीकृत गरेको छ। करिब २४...




