KTM Post Logo
KTM Post Logo

जापानमा ‘डुजुआन’ आँधीको वितण्डा: बाढी-पहिरोमा ९ जनाको मृत्यु, ४ जना बेपत्ता

📰
KTM Post

टाेकियाे। जापानको पूर्वी क्षेत्रमा आएको शक्तिशाली टाइफुन (समुन्द्री आँधी) ‘डुजुआन’ का कारण परेको भीषण वर्षापछि बाढी र पहिरो जाँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्।

टोकियो आसपासका कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएपछि ठूलो धनजनको क्षति भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी प्रभावित चिबा प्रिफेक्चरमा ६ जनाको मृत्यु भएको छ।

पहिरोको भग्नावशेष हटाउन मेसिन चलाउने क्रममा एक पुरुष बाँसघारीमा खसेर ज्यान गुमाएका छन् भने डुबेको गाडीभित्र अर्का एक व्यक्तिको शव फेला परेको छ। यस्तै कानागावा प्रिफेक्चरमा घर पहिरोले पुरिँदा ६० वर्षीया महिलासहित ३ जनाको मृत्यु भएको छ।

हालसम्म चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा ५०० भन्दा बढी घर तथा भवनहरू क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन्। बुधबार बिहानसम्म २४ हजार ७०० भन्दा बढी घरपरिवारमा विद्युत सेवा अवरुद्ध बनेको छ।

प्रहरी र अग्निनियन्त्रकहरूले बेपत्ता भएका ४ जनाको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

सम्बन्धित समाचार

भारतले खोज्यो हर्मुजको विकल्प, नेपालका लागि पनि धेरै लाभदायक 1

भारतले खोज्यो हर्मुजको विकल्प, नेपालका लागि पनि धेरै लाभदायक

काठमाडौं । खाडीमा बढ्दो तनावका बीच भारतको व्यापार र ऊर्जा आपूर्तिलाई लिएर चिन्ता बढेको छ। यस्तो समयमा ओमानको सोहर पोर्ट अचानक चर्चामा आएको छ। होर्मुज...

अमेरिकी राष्ट्रपति ट्रम्पले आज ११ देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै 1

अमेरिकी राष्ट्रपति ट्रम्पले आज ११ देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै छन्। मध्यपूर्वको...

मिडिया प्रतिबन्धपछि ह्वाइट हाउसले सुरु गर्‍यो ‘ट्रम्प टिभी’ 1

मिडिया प्रतिबन्धपछि ह्वाइट हाउसले सुरु गर्‍यो ‘ट्रम्प टिभी’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तीन सञ्चार माध्यमका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि ह्वाइट हाउसले आफ्नै अनलाइन...

अमेरिका-इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार 1

अमेरिका-इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

तेहरान। अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ।इरानको...