रास्वपाको सचिवालय बैठक बिहीबार बिहान ८ बजे वनस्थलीमा बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा सचिवालय बैठक बोलाएको छ।
पार्टीको आन्तरिक संगठनात्मक विषय, समसामयिक राजनीतिक परिस्थितिलगायतका एजेन्डामा छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ।
बैठकमा केन्द्रीय सचिवालयका पदाधिकारी तथा सम्बन्धित नेताहरूको सहभागिता रहनेछ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया