Techie IT
KTM Post
आईतबार, ७ असार, २०८३

प्रमाणका आधारमा कुरा गरेर छिमेकीहरूसँग सीमा समस्या हल गर्ने : प्रधानमन्त्री बालेन


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने पनि बताए । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘ उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’ उनले बताएका छन् ।

आइतबार रास्वपाको पहिलो महाधिवेशन उद्घाटतन समारोहलाई सम्बोधन गर्दै उनले यसबारे स्पष्टीकरण दिएका हुन् ।

संसद्‌मा उनले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका थिए । यसबारे दुई देशको सीमा विवादबारे तेस्रो देशको उपस्थित किन चाहियो भनेर प्रश्न उठेको थियो । उनले यसबारे भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं ।

साथै प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् ।

चितवनको भतरपुरमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फबाट शुभकामना मन्तव्य दिने क्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको तुलना गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गरेका थिए । तर प्रधानमन्त्री बालेनले लोकल गाडीमा मात्रै ब्रेकको खाँचो पर्ने बताए ।

उनले भने, ‘सरकार भनेको गाडी जस्तो हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नु भएको छ । त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हुन्छ । हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट