रास्वपाद्वारा निर्वाचन कार्यतालिका संशोधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार बिहान आइतबार बिहान ७ बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।
पछिल्लो अपडेट अनुसार ४ हजार बढी महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिएको केन्द्रीय निर्वाचन उपप्रमुख राम गुरूङले बताए। उक्त नामावलीमा दाबी विरोध सोमबार बिहानसम्म लिइने छ।
कोशीको ३१३, गण्डकी ४७७, बागमती ७४४, सुदूरपश्चिम ५५०, कर्णाली ३४३, लुम्बिनी ६३६, प्रवासी १६३ छन्। रास्वपाको वेबसाइटमा राखिएको यो सूचीमा मधेश प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिको नाम भने छैन।
सोमबार १० बजे निर्वाचन कार्यालयले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने छ।
सोमबार १ बजेदेखि पहिलो चरणको निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य) उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फाराम वितरण सुरू गरिने छ। दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन पत्र दर्ता सुरू गरिने छ। दर्ता ४ बजेसम्म गरिने छ। सोमबार साँझ ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने छ। पार्टीको वेबसाइट र निर्वाचन आयोगको सम्पर्क सचिवालयमा नामावली प्रकाशन गरिने छ।
उम्मेदवारहरूविरूद्ध दाबी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि १ घण्टा दिइएको छ। ७ बजेदेखि ९ बजेसम्म ती दाबी परेका उम्मेदवारहरूबारे जाँचबुझ गरिने छ। सोमबार राति ९ बजेर १५ मिनेटसम्म उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन पाउने अन्तिम समय तोकिएको छ। राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ।
मंगलबार बिहान ७ देखि ८ः३० सम्म मौन अवधि तोकिएको छ।
त्यसपछि ८स्३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ।
त्यसपछि दोस्रो चरणको (पार्टी पदाधिकारीका लागि) निर्वाचन प्रक्रिया सुरू हुने छ। तर दोस्रो चरणको कार्यतालिका पछि तोकिने जनाइएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया