Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: प्रदेशगतमा कसले कति मत पाए? (विवरणसहित)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको प्रदेशगत (भूगोल समूह) तर्फको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम विद्युतीय भोटिङ मेसिनबाट प्राप्त मतका आधारमा तयार गरिएको हो भने प्रवासतर्फबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका थिए।

कोशी प्रदेशमा निशा मेहताले १ हजार ८६१ मतसहित सर्वाधिक मत प्राप्त गरिन्। विश्वराज पोखरेलले १ हजार ४६०, शोभा कार्कीले १ हजार २०४ र कल्पना थापाले ९३९ मत प्राप्त गरे।

मधेश प्रदेशमा सुष्मा बस्नेत १ हजार ४१८ मतसहित पहिलो स्थानमा रहिन्। सरिताकुमारी चौधरीले १ हजार २८०, नमिता यादवले १ हजार ११९ र मञ्जु सिंहले १ हजार १३ मत प्राप्त गरिन्।

बागमती प्रदेशमा प्रभा ढकालले १ हजार ५१३ मतसहित अग्रता कायम गरिन्। विदुसी राणाले १ हजार ३१०, आकांक्षा पोखरेलले ८५० र अनिता श्रेष्ठले ८०२ मत प्राप्त गरिन्।

गण्डकी प्रदेशमा पवित्रा थापाले १ हजार ४२ मत ल्याउँदै शीर्ष स्थान हासिल गरिन्। मनिष खनालले १ हजार १२, सोम शर्माले ९५५ र पूजा बास्तोलाले ८९३ मत प्राप्त गरे।

लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले १ हजार १०७ मतसहित सर्वाधिक मत प्राप्त गरिन्। संगीता ढकालले १ हजार ९२, ज्ञानु पौडेलले ८९७ र देवराज पाठकले ८२० मत ल्याए।

कर्णाली प्रदेशमा सीता वादी १ हजार ७५१ मतसहित पहिलो स्थानमा रहिन्। विनिता कठायतले १ हजार ५००, टासी ल्हजोमले १ हजार १३५ र मेनुका शाहीले ७९८ मत प्राप्त गरिन्।

सुदूरपश्चिम प्रदेशमा हेमराज थापाले सबैभन्दा धेरै २ हजार ३० मत प्राप्त गरे। केपी खनालले १ हजार ८४०, दीपकराज मोहराले १ हजार ४५०, जानकी जोशीले १ हजार १४८ र चन्द्रा ए चाँदनीले १ हजार १२६ मत प्राप्त गरिन्।

रास्वपाले सार्वजनिक गरेको विवरणअनुसार प्रदेशगत समूहमा निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम टुंगो भने प्रवासतर्फको अनलाइन मतदानसमेत जोडेर आधिकारिक रूपमा घोषणा गरिने जनाइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट