Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे


काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।

संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन् ।

कांग्रेसको संसदीय दलको नेतामा दुई महिना लामो रस्साकस्सी चलेको थियो । अन्ततस् आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङदेम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।

यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दैआएका थिए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट